Thu. Sep 19th, 2024

विश्वका वैज्ञानिकलाई आकर्षित गर्न फार्मास्युटिकल इनोभेसन पार्क निर्माण गर्ने योजनामा चीन   

बेइजिङ, चीन, २०८१ साउन ४ गते शुक्रबार । चीनले दक्षिणी उपनगरमा अन्तर्राष्ट्रिय ‘फार्मास्युटिकल इनोभेसन पार्क’ निर्माण गरी चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी वैज्ञानिकलाई आकर्षित गर्ने योजना सार्वजनिक गरेको छ ।
पार्क बेइजिङ ई-टाउनका नामले प्रख्यात बेइजिङ आर्थिक-प्राविधिक विकास क्षेत्रमा अवस्थित हुनेछ बिहीबार समाप्त एशियाका लागि बोआओ फोरमको ग्लोबल हेल्थ फोरमको तेस्रो सम्मेलनमा घोषणा गरिएको थियो ।
करिव ५.८ वर्ग किलोमिटरको योजनाबद्ध क्षेत्रको साथ, पार्कले अन्तर्राष्ट्रिय कर्पोरेट मुख्यालयको समूह प्रस्तुत गरी विश्व-स्तरीय विशेष अस्पताल र औषधि सम्बन्धित उद्योगको प्रोत्साहनमा ध्यान केन्द्रित गर्नेछ ।
“पार्कले मात्रात्मक जीवविज्ञान, नयाँ पुस्ताको उच्च प्रविधि र उपचारात्मक जिन सम्पादन प्रविधिजस्ता स्वास्थ्यका सीमावर्ती क्षेत्रलाई लक्षित गर्नेछ,” बेइजिङ ई-टाउन व्यवस्थापन समितिका निर्देशक कोङल बताउनुभयो ।
विश्वभरका वैज्ञानिक, विश्वस्तरीय नेता तथा विज्ञान प्रविधिमा नवप्रवर्तन टोलीलाई आकर्षित गर्ने कोङले उल्लेख गर्नुभयो ।
बेइजिङ ई-टाउनले भर्खरै जारी गरेको कृतिम बौद्धिकता अनुप्रयोग परिदृश्यको पहिलो समूहमा औषधि, स्वास्थ्य र औषधि अनुसन्धान र विकासजस्ता १० क्षेत्रहरू समावेश छन् ।
जैविक तथा सूचना प्रविधिको एकीकरणलाई बढावा दिने जनाउँदै एआई कम्प्युटिङ शक्तिको माध्यमबाट नयाँ औषधि अनुसन्धान र विकासलाई बढावा दिने कोङले बताउनुभयो । सिन्ह्वा

Facebook Comments