Sat. Nov 16th, 2024

सिमलताल पहिरोः विकका परिवारलाई दुई लाख सहयोग   

चितवन, २०८१ साउन ४ गते शुक्रबार । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् । रासस

Facebook Comments