Sat. Sep 21st, 2024

बाइडेनले राष्ट्रपतिको दौडमा ट्रम्पलाई हराउन नसक्ने पेलोसीको भनाइ   

वासिङ्टन, २०८१ साउन ३ गते बिहीबार । अमेरिकाका पूर्वसभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको निजी कुराकानीमा राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई हराउन नसक्ने अवस्था देखाएको बताउनुभएको चार स्रोतलाई उद्धृत गर्दै सिएनएनले बताएको छ ।

बाइडेनले दोस्रो कार्यकालको खोजी जारी राखेको अवस्थामा नोभेम्बरमा सदन जित्ने डेमोक्रेटको सम्भावनालाई नष्ट गर्नसक्ने पेलोसीले बताउनुभयो । यद्यपि राष्ट्रपति बाइडेनले उक्त सम्भावनालाई पछाडि धकेल्दै पेलोसीलाई आफूले जित्नसक्ने सङ्केतसहितको सर्वेक्षण देखेको बताउनुभएको एक स्रोतले उल्लेख गरेको छ ।

सिएनएनको रिपोर्टअनुसार अर्को स्रोतले बाइडेनलाई निर्वाचनका बारेमा रक्षात्मक बनाएको छ । तर पनि एक विन्दुमा पेलोसीले बाइडेनका लामो समयका सल्लाहकार माइक डोनिलोनलाई डेटामा कुरा गर्न लाइनमा आउन आग्रह गर्नुभयो ।

पेलोसी र बाइडेनबीचको उक्त फोन वार्ता जुन २७ मा बाइडेनको विनाशकारी बहसपछि दोस्रो ज्ञात वार्तालाप हो । “चुनाव लड्ने वा नलड्ने भन्ने निर्णय गर्न राष्ट्रपतिमा निर्भर छ”, गत साता एक अन्तर्वार्तामा पेलोसीले भन्नुभएको थियो, “समय छोटो भएकाले हामी सबैले उहाँलाई यो निर्णय गर्न प्रोत्साहित गरिरहेका छौँ ।”

सिएनएनको रिपोर्टअनुसार ह्वाइट हाउसका प्रवक्ता एन्ड्र्यु बेट्सले भन्नुभयो, “राष्ट्रपति बाइडेन पार्टीको उम्मेदवार हुनुहुन्छ, उहाँले जित्ने योजना बनाइरहनुभएको छ र कामकाजी परिवारहरूलाई सहयोग गर्न एक सय दिने एजेन्डा पारित गर्नका लागि कांग्रेसनल डेमोक्रेटहरूसँग काम गर्न तत्पर हुनुुहुन्छ ।”

यद्यपि पेलोसीका प्रवक्ताले पूर्वसभामुख शुक्रबारदेखि क्यालिफोर्नियामा रहनुभएको र उहाँले त्यसबेलादेखि बाइडेनसँग कुरा नगर्नुभएको बताएका छन् ।

गत साता पूर्वराष्ट्रपति बाराक ओबामा र पेलोसीले ट्रम्पविरुद्ध बाइडेनको सम्भावनामा बढ्दो ‘कठिनाइ’ माथि प्रकाश पार्दै बाइडेनको २०२४ अभियानबारे चिन्ता व्यक्त गर्नुभएको सिएनएनले बताएको छ ।

डेमोक्रेटिक पार्टीभित्र हालको आन्तरिक कलहको अन्त्य गर्न र पूर्वराष्ट्रपति ट्रम्पलाई हराउन पुनः ध्यान केन्द्रीत गर्ने तत्काल हताशको अवस्था छ । एएनआई

Facebook Comments