Sun. Sep 8th, 2024

उच्च अदालत विराटनगरद्वारा चौध हजार मुद्दा फछ्र्याैट   

मोरङ, २०८१ साउन ३ गते बिहीबार । उच्च अदालत विराटनगरले विगत पाँच वर्षको अवधिमा १४ हजार एक सय दुई मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार चौथो पञ्चवर्षीय रणनीतिक योजना अनुसार विगत पाँच वर्षको अवधिमा २६ हजार ३० मुद्दामध्ये ४५ दशमलव ८२ प्रतिशत मुद्दा फछर्यौट गरिएका उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्ममा जिम्मेवारी सरी आएका नौ हजार ६८७ तथा सोही अवधिमा नयाँ दर्ता १६ हजार तीन सय ४३ मुद्दा फछ्र्याैट भएकामा एघार हजार नौ सय २८ मुद्दा बाँकी रहेका छन् । उक्त अवधिमा दुई वर्षे पुरानो मुद्दा १२ बाँकी रहेका छन् ।

यसैगरी अदालतले गत आर्थिक वर्ष २०८०/८१ मा तीन हजार आठ सय ८० मुद्दा फछ्यौट गर्ने लक्ष्य राखेकामा तीन हजार दुई सय ५४ मुद्दा फछ्यौट भएका थिए । सो आवमा जिम्मेवारी सरी आएका दुई हजार ५४४ र नयाँ दर्ता तीन हजार ४२२ गरी जम्मा पाँच हजार ९६६ मध्ये तीन हजार २५४ मुद्दा फछ्र्याैट भएका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले जानकारी दिनुभयो । उहाँले १२ न्यायाधीशको दरबन्दी भए पनि कार्यरत न्यून भएका कारण मुद्दा फछ्यौटको सङ्ख्यामा कमी आएको बताउनुभयो ।

अदालतमा मुद्दाको चापकाच कारण बिहान १० बजेदेखि साँझ ८ बजेसम्म न्याय सम्पादनका लागि न्यायाधिशहरु खटिने गरेका मुख्य न्यायाधीश राजभण्डारीले जानकारी दिनुभयो । न्याय सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको उहाँको भनाइ छ । रासस

Facebook Comments