Thu. Sep 19th, 2024

आजका मनै छुने तस्विरहरु

भक्तपुरबाट काठमाण्डूतर्फ आइरहेको प्रदेश ३-०१-००५ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो । धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएतापनि बस आगलागी हुनबाट जोगिएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

दाङको घोराही उपमहानगरपालिका-१२ स्थित साहीपुरका किसान गोरुको सहायताले रोपाइँ गर्न खेत तयार गर्दै। कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेका अनुसार दाङमा बुधबारसम्म ७५ प्रतिशत रोपाइँ सकिएको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस

तनहुँको व्यास नगरपालिका–७ र व्यास नगरपालिका–६ जोड्ने मादी नदी माथिको झोलुङ्गेपुल । यो पुलले दुवै वडाका बासिन्दालाई आवतजावतमा सहयोग पुर्‍याएको छ । तस्बिरः कृष्ण न्यौपान/रासस

गुल्मीको छल्दी फाँटमा खेत रोप्दै किसान । गुल्मीमा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । तस्बिरः जनार्दन घिमिरे/रासस

सुनसरीको इनरुवा-३ मा धानको बीउ काढ्दै किसान । यहाँ वर्षा ढिलो भएका कारण असार सकिएपनि रोपाइँ सकिएको छैन । तस्बिरः नवीन गड्तौला/रासस

म्याग्दीको बेनी-दरबाङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका वडा नं. ४ र मङ्गला गाउँपालिका वडा नं. २ को सिमानामा पर्ने फापर खेतस्थित सडकको पहिरो पन्छाउँदै स्काभेटर । तस्बिरः ध्रुवसागर शर्मा/रासस

बाँकेको राप्तिसोनारी गाउँपालिका ८ ओभरीस्थित भगवती सामूदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पानी पोखरी । शम्शेर बजारबाट एक हजार दुई सय मिटर खानेपानीको पाइप जमिन मुनि विच्छ्याएर वनमा लगि त्यहाँको पोखरीमा पानीको व्यवस्था गरिएको छ । तस्बिर : रुपनी जि एम / रासस

दाङको घोराही उपमहानगरपालिका- १५ स्थित स्थानीयको घरको कौसीमा रोपेको फूलमा बसेको पुतली । तस्बिर : कुलदीप न्यौपाने / रासस

सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा रहेको विद्युतीय चार्जिङ स्टेसनमा बिहीबार विद्युतीय सवारीसाधन चार्ज गरिँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

Facebook Comments