Sat. Oct 19th, 2024

सिमलताल दुर्घटनाः १९ जनाको शव फेला पर्यो

चितवन, २०८१ साउन २ गते बुधबार । दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका १९ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार १९ जनाको शव फेला परेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।

सशस्त्र प्रहरीका अनुसार ५ जनाको सनाखत हुन सकेको छैन । ५ जना पुरुषको सनाखत हुन नसकेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले  बताए । असार २८ गते  काठमाण्डूबाट गौर जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए ।

भरतपुर महानगरपालिकास्थित गोलाघाट, पूर्वी नवलपरासीमा पर्ने ब्यारेज पुल, गण्डक नहर र नवलपरासी पश्चिमको त्रिवेणीमा शव भेटिएका हुन् । पूर्वी नवलपरासीमा १४ वटा शव भेटिएका छन् । रासस

Facebook Comments