Tue. Sep 17th, 2024

आजका मनै छुने तस्वीरहरु:

दाङको घोराही बजारमा दही बिक्री गर्न आएका देउखुरी राजपुर गाउँपालिका-३ स्थित बेला गाउँका यादव समुदायका किसान । गाउँमा दूध खपत नहुने तथा सङ्कलन केन्द्र नभएकाले बेलाका किसान चालीस किलोमिटर टाढा घोराही बजार दैनिक आवतजावतको रु ४०० गाडीभाडा तिरेर आफूले जमाएको दही बिक्री गर्न आउने गर्छन । तस्बिरः कुलदीप न्यौपाने/रासस

    

तनहुँको व्यास नगरपालिका-१२ भड्खालास्थित छाब्दी जाने सडकमा सुकाइएको पराल । सडकमै पराल सुकाउँदा दुई पाङ्ग्रे सवारी साधन चिप्लिने जोखिम हुन्छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

तनहुँको व्यास नगरपालिका-१४ छाब्दीस्थित खेतमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै कृषक । जिल्लाका कृषकलाई यतिबेला रोपाइँको चटारो छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

गत कात्तिक १७ गते केन्द्रविन्दु भएर भूकम्प गएको जाजरकोटको बारेकोट गाउँपालिका–१ सिल्पाचौर गाउँ । भूकम्पले घर भत्किएपछि स्थानीयवासी सोही स्थानमा अस्थायी टहरा निर्माण गरी बसोबास गरेका छन् । तस्बिरः हेमन्त केसी/रासस

काठमाण्डूको टोखा नगरपालिका वडा नं. १ झोरमा अवस्थित बौडेश्वर झरना । तस्बिरः हरिराम भेटुवाल/रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत हालै सडक कालोपत्र भएको पोखरेबगर कालीगण्डकी नदी कटानको जोखिममा रहेको छ । तस्बिरः सन्तोष गौतम/रासस

 

Facebook Comments