Sat. May 18th, 2024

प्रकृतीलाई कसले लगाउने लकडाउँन ?

काठमाडौं, २०७७ जेठ १० गते शनिबार

प्रकृती आफैंमा विशाल अनि अकल्पनिय छ । मानिसले जस्ता सुकै आविस्कार वा प्रगती गरे पनि ती प्रकृति भन्दा बाहिर गएर भएका छैनन् । प्रकृति त्यो महान सृजना हो जसलाई न विगतमा कसैले नियन्त्रणमा राख्न सक्यो, न आज राख्न सकेको छ न भविष्यमा नै राख्न सक्छ । प्रकृति निरन्तर चलायमान छ यो यसरी नै चलिरहनेछ जसरी चल्दै आएको थियो ।

आज विश्वका अधिकांश मानिसहरु कोरोना महामारीको कारण घरभित्रै थुनिन बाध्य छन् । विज्ञान र प्रविधी पनि कोरोनाको अघि निरीह भएको छ । अमेरिका, युरोप, रुस जस्ता मै हुँ भन्ने शत्तिशाली कहलिएका देश पनि आज कोरोनाको कारण थरथर भएका छन् तर प्रकृती त्यो महान शक्ति हो जो निरन्तर चलिरहेको छ……….चलिरहेको छ । उ राजनीति र भूगोलको सीमा भन्दा बाहिर छ, उ सरकारको पनि सरकार हो । प्रकृतीलाई लकडाउन लगाउने कसको तागत ?

 

तस्विर: रमेश हतुवाली

Facebook Comments