Tue. Sep 17th, 2024

ढुङ्गा लागेर चालकको मृत्यु   

चितवन, २०८१ असार २८ गते शुक्रबार । भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका-४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाण्डू जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको थियो । आज बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका छन् । रासस

Facebook Comments