Fri. Sep 20th, 2024

हतुवागढी : वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन (फोटो फिचर)

महेश भट्टराई/घोरेटार,२०८१ असार २७ गते बिहीबार । भाेजपुर जिल्लाकाे हतुवागढी गाउँपालिका वडा नम्बर-६ काे नवनिर्मित वडा कार्यालयकाे बिहीबार उद्घाटन गरिएको छ ।

हतुवागढी-६ स्थित हाेम्ताङमा निर्माण गरिएको साे नवनिर्मित वडा कार्यालयको उद्घाटन गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गर्नुभएको थियो । कुल ४५ लाखकाे लागतमा निर्माण भएको एक तले भवनमा सुविधा सम्पन्न ४ काेठा र महिला ,पुरूषका लागि छुटाछुट्टै शाैचालयकाे समेत व्यवस्था गरिएको छ ।

उक्त कार्यक्रममा पूर्व सांसद धनहर्क राई, गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, गाउँपालिकाकी उपाध्यक्ष सुनिता राई, प्रमुख प्रशासकीय अधिकृत महेश निराैला, वडा नम्बर-६ का वडाअध्यक्ष माेहनकुमार राई, गाउँपालिकाका वडाअध्यक्षहरू लगायतकाे उपस्थिति रहेको थियो ।

Facebook Comments