Wed. Dec 25th, 2024

दक्षिण-पश्चिम चीनमा वर्षाका कारण ६ जनाको मृत्यु   

बेइजिङ, २०८१ असार २७ गते बिहीबार । दक्षिणपश्चिम चीनमा वर्षाका कारण छ जनाको मृत्यु भएको राज्यको सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।

राज्यको समाचार समिति सिन्ह्वाले मेगासिटी चोङकिङ नजिकैको दियानजियाङ काउन्टीमा बुधबार रातिदेखि बिहीबार बिहानसम्म भारी वर्षा भएको बताएको छ ।

राज्य प्रसारणकर्ता सिसिटिभीले काउन्टी बाढी नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै बिहीबार भू-प्रकोपमा चार जनाको मृत्यु भएको र थप दुई जना डुबानमा परेको जनाएको छ ।

भारी वर्षाका कारण घरहरू ढल्दा एक जनाको मृत्यु भएको र कम्तीमा तीन जना भूस्खलनमा फसेको सिन्ह्वाले बताएको छ ।

सिन्ह्वाका अनुसार वर्षाका कारण करिब सात हजार मानिस प्रभावित भएका छन् र एक सय ७० जनालाई उक्त स्थान खाली गर्न चेतावनी दिइएको छ । एएफपी

Facebook Comments