Fri. Sep 20th, 2024

एमाले केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेरबारे छलफल   

काठमाण्डू, २०८१ असार २६ गते बुधबार । नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज बसेको ३३औँ बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यकोे कार्यविभाजन हेरफेर गर्ने विषयमा छलफल सुरु भएको छ । बैठकले पार्टी सदस्यता नवीकरणको काम आगामी साउन मसान्तसम्म सम्पन्न गर्न निर्देश गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला अधिवेशन भइनसकेका जिल्ला कमिटीलाई सङ्गठन कमिटीमा रुपान्तरण गरेको छ । साथै, ती जिल्लाका अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको उक्त बैठकले पार्टीको भूमि व्यवस्था विभागको सचिवमा विजय सुवेदी र सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौडेललाई मनोनयन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

Facebook Comments