Fri. Oct 18th, 2024

पाकिस्तान प्रशासित काश्मिरमा सडक दुर्घटनामा परी १३ जनाको मृत्यु   

इस्लामावाद, २०८१ असार २६ गते बुधबार । पाकिस्तान प्रशासित काश्मिरमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको उद्धार कर्ता संस्था ‘रेस्क्यु ११२२’ ले जनाएको छ ।

संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तान प्रशासित काश्मिरको नीलम जिल्लामा एउटा यात्रुबाहक भ्यान खाल्डोमा खसेको छ । चालकले जिल्लाको पहाडी भू-भागमा तीव्र गतिले चलाएको गाडी मोड्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।”

दुर्घटनामा परेका ती यात्रुको शव घटनास्थलबाट निकालेर नजिकैको अस्पतालमा लगिएको छ । शवको पोस्टमार्टमपछि मृतक सबैलाई आफन्तको जिम्मा लगाइने छ ।

पाकिस्तानमा पूराना गाडी, सडकको मर्मतसम्भारको कमी, सडक सुरक्षा नियमको उल्लङ्घन र लापरबाहीपूर्वक गाडी चलाउँदा सडक दुर्घटना हुँदा बर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । एएफपी

Facebook Comments