Tue. Sep 17th, 2024

अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन   

लमजुङ, २०८१ असार २६ गते बुधबार । पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुलेको छ । मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताउनुभयो ।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाण्डू , पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए । रासस

Facebook Comments