Thu. Jul 4th, 2024

उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु   

लखनऊ, २०८१ असार १८ गते मंगलबार । उत्तर प्रदेशको हाथरसमा मङ्गलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित २७ जनाको मृत्यु भएको छ ।

घटनाको मुख्य कारण धार्मिक कार्यक्रममा भागदौड हुनु हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै घटनास्थलमा राहत कार्यलाई तीव्रता दिन जिल्ला प्रशासनलाई तत्काल निर्देशन दिनुभएको छ ।

उहाँले घाइतेलाई तत्काल अस्पताल पु¥याउन र उचित उपचारको व्यवस्था गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

जिल्ला प्रशासनका अधिकारीहरूलाई ढिलो नगरी घटनास्थलमा पुग्न र राहत र उद्धार कार्यलाई तीव्रता दिनसमेत उहाँले निर्देशन दिनुभयो । एएनआई

Facebook Comments