Mon. May 20th, 2024

चिनियाँ परम्परागत र पश्चिमी चिकित्साबाट महामारी प्रतिरोध सफल

काठमाडौं, २०७७ जेठ ६ गते मंगलबार

कोभिड-१९ महामारी यता, चीनले चिनियाँ परम्परागत चिकित्सा तथा पश्चिमी चिकित्साको संयुक्त प्रयोग गर्दै प्रभावकारी रूपमा बिरामीको उपचार गरिसकेको छ।

चिनियाँ इन्जिनियरिङ प्रतिष्ठानका कुलपति ली सायउहोङले यसबारे जानकारी दिँदै भन्नुभएको छ-सरूवा रोगको उपचार सम्बन्धमा २००० वर्षको इतिहास बोकेको चिनियाँ परम्परागत चिकित्सा तथा पश्चिमी चिकित्साको संयुक्त प्रयोग नै चीनले कोभिड-१९ महामारी प्रतिरोध गर्दा प्राप्त अनुभवहरूमध्येको एक हो।

बिरामीहरूबाट प्राप्त तथ्याङ्क अनुसार, यस्तो संयुक्त उपचारबाट रोग लागेको समयलाई छोटो पारिएको र बिरामीको अवस्था अझ गम्भीर हुन रोकिएको छ। विशेष गरी गम्भीर अवस्थामा परेका बिरामीहरूको लागि निकै प्रभावकारी भइरहेको जनाइएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार महामारी प्रतिरोधी सम्बन्धमा चीनले पाएको मूल्यवान अनुभव विश्वसँग बाँडिरहेको छः विश्व स्वास्थ्य संगठनसँगै मिलेर चीनले परम्परागत चिकित्साको कोभिड-१९ उपचार तरिकालाई अंग्रेजी भाषा लगायत विविध किसिमको भाषामा अनुवाद गरेको छ। हालसम्म १० भन्दा बढी मुलुक तथा क्षेत्रलाई परम्परागत औषधि र मेशिन अनुदान सहयोग गरेको छ।

हालसम्म परम्परागत चिनियाँ तथा पश्चिमी चिकित्साको संयुक्त प्रयोग भन्ने सफल अनुभवलाई व्यापक स्वीकृति पाएको छ। विश्वका १९० वटा मुलुक तथा क्षेत्रका ४० वटा सरकार, संगठन र चीनसँग चिनियाँ चिकित्सा औषधोपचार सम्बन्धि सहयोग सम्झौता सम्पन्न भएको छ। चीनले पहिले झैं पछि पनि विश्वका विभिन्न मुलुकका जनताको स्वास्थ्यको लागि खुला रूपमा विश्वका चिकित्सा क्षेत्रसँग अनुभव बाँड्दै जाने छ।

Facebook Comments