Tue. Jul 2nd, 2024

नोबेल साकोस साहित्य संस्था विराटनगरको मासिक साहित्यिक कार्यक्रम सम्पन्न

किस्मत खतिवडा/विराटनगर,२०८१ असार १६ गते आईतबार । प्रत्येक महिनाको तेस्रो शनिवार नियमित साहित्यिक कार्यक्रम गर्दै आइरहेको नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले असार १५ गते दाहाल प्रतिष्ठान विराटनगरको सभाहलमा मासिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

साकोस विराटनगर शाखाका अध्यक्ष मञ्जु घिमिरे दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि विराट साहित्य संगमका प्रधान सम्पादक रामबाबु दाहालले पानसमा बत्ति बालेर समुद्घाटन गर्नुभएको थियो ।

 कार्यक्रममा विराटनगर, इटहरी, टंकीसिनवारी लगायतका विभिन्न ठाउँबाट साहित्यकारहरु, विभिन्न साहित्यिक संस्थाका अध्यक्षहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम निकै रोचक बनेको छ।  हरि कट्टेल, बिनोद घिमिरे, भरत  बर्बरिक , मधु पोख्रेल, मिनकुमार नबोदित लगायत थुप्रै साहित्यकारहरुले संस्थाले गरेका साहित्यिक गतिविधिको प्रशंसा गर्दै आफ्ना बिचार प्रस्तुत गर्नु भएको थियो। उपस्थित सर्जकहरुले रचना सुनाएर अतिथिहरुलाई मोहित पार्नुभयो थियो ।

 कार्यक्रमको संचालन संस्थाकी सचिव सुजाता राईले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा दही, चिउरा खाएर असार पन्ध्र मनाउँदै कार्यक्रम समापन गरिएको थियो । साहित्य सिर्जना कला र संस्कृतिमा आफ्नो अलग पहिचान बनाउदै आएको साकोसको साहित्यिक आँगन सबैको साझा आँगन भएको दृश्य देखिएको उक्त कार्यक्रम निकै भब्य र सभ्य भएको थियो ।

विराटनगर शाखाले नियमित मासिक साहित्यिक कार्यक्रमसँगै स्रष्टा सम्मानलगायतका कार्यक्रमसमेत आयोजना गर्दै आएको छ ।

Facebook Comments