Mon. Jul 1st, 2024

मुख्यमन्त्री कप टी-ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतलाई   

सुर्खेत,२०८१ असार १४ गते शुक्रबार । वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप टी-ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतले जितेको छ । कालुङचोक क्रिकेट मैदानमा आज भएको फाइनलमा रुकुम पश्चिमलाई १५ रनले हराउँदै सुर्खेतले उपाधि जितेको हो ।

एक सय ३२ रनको लक्ष्य पाएको रुकुम पश्चिमले निर्धारित २० ओभरमा एक सय १६ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३१ रन बनायो । घरेलु टोलीका लागि कप्तान विपिन रावलले ४८ रनको योगदान दिए ।

प्रतियोगिताको उपाधिसँगै सुर्खेतले रु एक लाख एक हजार नगद प्राप्त गरेको छ भने उपविजेता रुकुमपश्चिमले रु ५१ हजार पाएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका सात वटा जिल्लाले भाग लिएका थिए । रासस

Facebook Comments