Mon. May 20th, 2024

विश्व स्वास्थ्य सङ्गठनको ७३ औँ महासभा शुरू, चिनिया राष्ट्राध्यक्ष सीको महत्वपूर्ण सम्बोधन

काठमाडौं, २०७७ जेठ ५ गते सोमबार

स्थानीय समय अनुसार मे १८ तारिख सोमबार विश्व स्वास्थ्य सङ्गठनको ७३ औँ महासभा जेनेभामा शुरू भएको छ। विश्वमा फैलिएको कोभिड-१९ महामारीको प्रभावमा यस पटकको महासभा भिडियो कन्फेरेन्सको रूपमा २ दिनसम्म चल्ने भएको छ। महासभाको अवधिमा सदस्य मुलुकहरूले महामारीको प्रतिरोधमा हासिल प्रगतिबारे आदान प्रदान गर्नुका साथै महामारीको परिस्थितिमा देखाएको परिवर्तनबारे पनि बाँड्ने छन्। साथै कार्यकारी समितिका आंशिक सदस्यको पनि निर्वाचन पनि गरिने छ।

महामारीको विकास अवस्था वमोजिम चालु वर्षमा विश्व स्वास्थ्य संगठनको महासभाको फेरि एक पटक आयोजना गरी अन्य विषयसूचीबारे छलफल गरिने जानकारी पनि संगठनले दिएको छ।

चीनया राष्ट्राध्यक्ष सी चिनफिङ

यसैबीच सो महाधिवेशन उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “ऐक्यबद्ध भएर महामारीलाई जित्दै मानवजातिको स्वास्थ्यको संयुक्त समुदाय निर्माण  गरौं ” शीर्षकमा सम्बोधन गर्नुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार सम्बोधनमा उहाँले भन्नुभएको छः दोस्रो विश्व युद्ध सम्पन्न भए यता विश्वमा भएको सबभन्दा गम्भीर आकस्मिक सार्वजनिक स्वास्थ्य घटनाको सामना गर्दा विभिन्न मुलुकका जनताले एक अर्कोलाई सहयोग गर्दै अघि बढिरहेका छन्। मानव केन्द्रित र जीवनरक्षालाई प्राथमिकता दिने सिद्धान्त लिएर चीनले जनताको प्राण सुरक्षा तथा शारीरिक स्वास्थ्यको जिम्मा लिएको साथै विश्वको सार्वजनिक स्वास्थ्य कार्यको पनि कार्यभार बहन गरिरहेको छ। महामारी फैलिरहेको घडीमा विश्व स्वास्थ्य संगठनको नेतृत्वदायी भूमिकालाई निर्वाह गर्दै अफ्रिकी मुलुकको समर्थनलाई ठूलो पार्नुपर्छ र विश्वको सार्वजनिक स्वास्थ्य व्यवस्थाको प्रवर्द्धन सम्बद्ध अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउनुपर्छ। विश्वमा महामारी प्रतिरोध अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउने ५ वटा कदमहरू चीनले चाल्ने छ सम्बोधनको क्रममा सी ले भन्नु भयो ।

अन्त्यमा सीले विभिन्न मुलुकमा हातेमालो गरेर मानवजातिको स्वास्थ्यको संयुक्त समुदायको निर्माण गर्न आह्वान पनि गर्नुभएको छ।

 

Facebook Comments