Fri. May 10th, 2024

नव कोरोना भाइरस खोप अनुसन्धानबारे अमेरिकालाई तीन प्रश्न

काठमाडौं, २०७७ जेठ ५ गते सोमबार

हाल विभिन्न मुलुकले नव कोरोना भाइरस खोपको अनुसन्धानलाई तीव्र पारिरहेका छन्। तर अमेरिकाले खोप अनुसन्धान गर्ने सूचना र गतिविधिमा विभिन्न पक्षको प्रश्न उठेको छ।

मे १५ तारिखका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी ११ तारिखदेखि अमेरिकाले खोपको अनुन्धान कार्य सुरू भइसकेको र यसै वर्षको अन्तमा प्रयोगमा ल्याउनसकिने जानकारी दिनुभएको थियो। तर चीनले जनवरी १२ तारिखका दिन मात्रै विश्व स्वास्थ्य संगठनलाई नव कोरोना भाइरसको जीन अनुक्रमबारे जानकारी दिएको थियो। जसबाट अमेरिकाले अझ अगाडि भाइरसबारे थाहा पाइसकेको प्रमाणित हुन्छ। साथै त्यति छिटो खोपको अनुसन्धान गर्न थाले पनि अमेरिकाले किन ढिलो कार्यान्वयन गरिरहेको छ भन्ने प्रश्न उठिरहेको छ ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार ट्रम्पले आगामी जनवरी अघि ३० करोड खोप उत्पादन गर्नसक्ने आशा आफूले लिएको बताउनु भएको थियो। तर अमेरिकी पेइलोर कलेज अफ मेडिसिनको ट्रपिक मेडिसिन स्कूलका प्रमुख पिटर जेइ होचले ठूलो मात्राको परीक्षण यस ग्रीष्म ऋतुमा सुरू हुने र सुरक्षा तथा प्रभावकारी खोप प्रदान गर्नका लागि त आगामी दोस्रो अर्ध वार्षिक समय लाग्ने भन्दै यो समय तालिकाले रिकर्ड जितिसकेको विचार व्यक्त गर्नुभयो।

बेलायती द गार्जियनले मे १२ तारिखका दिन खोप अनुन्धानको प्रतिश्पर्धा-ट्रम्पको अमेरिका प्राथमिकता नीतिले अन्तर्राष्ट्रिय अनुसन्धान सहयोगलाई कसरी बाधा पुर्याएको छ भन्ने शीर्षकको लेख सार्वजनिक गरेको छ। सो लेखले एड्स र इबोला भाइरससँगको लडाइँमा भिन्नता हुनुका साथै नव कोरोना भाइरसको सामना गर्दा अमेरिकाले अन्तर्राष्ट्रिय सहयोग निषेध गरी एक्लै हिँडिरहेको उल्लेख गरेको छ।

Facebook Comments