Sun. Sep 29th, 2024

नेपाल र चीनबीच व्यापार, लगानी, ज्ञान र सीपको आदान-प्रदानमा महत्वपूर्ण उपलब्धी

- चीनको सछुवान र नेपाल प्राविधिक सहयोग प्रवर्द्धन कार्यक्रम

काठमाण्डू, २०८१ असार ९ गते आईतबार । चीन-नेपाल प्राविधिक सहयोग प्रवर्द्धन कार्यक्रम  चीनको सछुवान प्रान्तीय जनराजनीतिक परामर्शदात्री सम्मेलनको आयोजना र साईनो नेपाल मिडिया सोसाईटीको सहआयोजनामा “चीनको सछुवान र नेपाल प्राविधिक सहयोग प्रवर्द्धन कार्यक्रम” काठमाण्डूमा सम्पन्न भएको छ ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको सो कार्यक्रमका वक्ताहरुले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक कालदेखि नै प्रगाढ रहँदै आएको र आधुनिक समयमा यो सम्बन्ध विज्ञान, प्रविधी लगायतका विभिन्न क्षेत्रहरुमा समेत विकास हुदै आएको बताउनु भएको छ ।

काठमाण्डूमा आइतबार भएको चीनको सछुवान नेपाल प्राविधिक सहकार्य प्रवर्द्धन सम्मेलनमा सहभागी राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ लगायतका महानुभावहरु ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले सन् १९५५ अगस्त १ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच आपसी व्यापार, लगानी, ज्ञान र सीपको आदानप्रदान जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु भएको बताउनु भयो । नेपालले तय गरेका १७ वटा दिगो विकास लक्ष्यहरू सन् २०३० सम्ममा पूरा गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिनुहुँदै उपाध्यक्ष घिमिरेले छिमेकी चीनको प्रविधि र सीपको उपयोग तथा हस्तान्तरणले नेपाललाई आफ्नो लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विमला घिमिरे, उपाध्यक्ष, राष्ट्रिय सभा

सो कार्यक्रममा बोल्नुहुँँदै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको सछुवान प्रान्तीय समितिका उपाध्यक्ष सीए साङ्ह्वाले चीन र नेपाल हिमाल र नदीहरुले जोडिएका असल छिमेकी भएको बताउनु भयो । उपाध्यक्ष सीए साङ्ह्वाले नेपालसँग विशेषगरी विज्ञान तथा प्रविधि, ऊर्जा लगायत अन्य क्षेत्रमा सहयोग सुदृढ गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

सछुवान र नेपाल हिमाल र नदीहरूले जोडिएका छन् र हाम्रो लामो ऐतिहासिक सम्बन्ध छ। हामी नेपालसँग विभिन्न क्षेत्रमा र विशेषगरी विज्ञान तथा प्रविधि, ऊर्जा र अन्य क्षेत्रमा सहयोग सुदृढ गर्न प्रतिबद्ध छौं।वास्तवमा यो प्रवर्द्धन र भेट चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको सछुवान प्रान्तीय समितिले सछुवान र नेपालबीचको वैज्ञानिक र प्राविधिक ऊर्जा सहयोगलाई प्रवर्द्धन गर्न गरेको प्रयासमध्ये एक हो। त्यस्ता गतिविधिहरू मार्फत, हामी थप सछुवान उद्यमहरू र संस्थाहरूलाई नेपालको बजार माग र लगानीको वातावरण बुझ्न सक्षम बनाउने मञ्च निर्माण गर्ने आशा गर्दछौं, जसले गर्दा दुई पक्षबीचको सहयोग र आदानप्रदानलाई बढावा मिल्छ।

उहाँँले नेपालमा आयोजना गरिएको यस किसिमको कार्यक्रम चीनको सछुवान र नेपालबीचको वैज्ञानिक तथा प्राविधिक ऊर्जा सहयोगलाई प्रवर्द्धन गर्न गरेको प्रयासमध्ये एक भएको समेत जानकारी दिनुभयो ।

सीए साङ्ह्वा, उपाध्यक्ष, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन, सछुवान प्रान्तीय समिती

सछुवान प्रान्तीय समिति नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन र नेपाल रणनीतिक साझेदार र मित्रवत् छिमेकी भएको बताउनु भयो । चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको भन्दै राजदूत छन् सोङले नेपालको विज्ञान–प्राविधिको स्तरोन्नति र सामाजिक विकासमा सहयोग गर्न चीन इच्छुक रहेको बताउनु भयो ।

छन् सोङ, नेपालका लागि चिनियाँ राजदूत

नेपाल सरकारका पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्न प्रयासरत रहेको बताउनुहुँदै  ती लक्ष्यहरू हासिल गर्नका लागि नेपाललाई वैज्ञानिक आविष्कार र प्राविधिक विकासमा चिनियाँ साथीहरूको ठूलो सहयोग आवश्यक रहेको बताउनु भयो ।

लीलामणि पौड्याल, नेपाल सरकारका पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत

चीनका लागि पूर्व नेपाली राजदूत सो कार्यक्रममा चीनको सछुवान प्रान्तका विविध जानकारी दिने भिडियो चित्र प्रस्तुत गरिएको थियो भने सछुवान प्रान्तस्थित विभिन्न विज्ञान तथा प्रविधि क्षेत्रका विज्ञहरुले चीन र नेपालबीचका सहयोगका क्षेत्रहरुबारे बोल्नु भएको थियो ।

Facebook Comments