Wed. Jul 1st, 2026

चिनियाँ नौ सेनाको “शान्ति जहाज” को यात्रा पुन:शुरू

       

काठमाण्डू, २०८१ असार ३ गते सोमबार । वार्षिक योजना बमोजिम र विदेशी पक्षको निमन्त्रणामा चिनियाँ नौ सेनाको “शान्ति जहाज” अस्पताल पानीजहाजले जुन १७ तारिख बिहान चच्याङ प्रान्तको चौ शानस्थित एउटा सैनिक बन्दरगाहबाट निस्केर “मेलमिलापयुक्त कर्तव्य सन् २०२४” नामक कार्यभार बहन गर्न थालेको छ। “शान्ति जहाज” अस्पताल पानीजहाजले स्वदेश छाडेर विदेश गएको यो बाह्रौँ पटक हुनुका साथै “मेलमिलापयुक्त कर्तव्य” नामक कार्यभार बहन गरेको यो दशौँ पटक हो।

यस कार्यभार अवधिमा अस्पतालजहाजले सेसल्स, तान्जानिया, माडागास्कर, मोजाम्बिक र दक्षिण अफ्रिका लगायतका १३ वटा मुलुक गएर निःशुल्क रूपमा स्थानीय सर्वसाधारण, चिनियाँ संस्थाका कर्मचारी, चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरू लगायतका समुदायलाई चिकित्सा सेवा प्रदान गर्नेछ। साथै जहाजले फ्रान्स र ग्रीसको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

सन् २००८ यता “शान्ति जहाज” ले “मेलमिलापयुक्त कर्तव्य” नामक कार्यभारको आधारमा धेरैपटक गरी विदेश गएर मानवतावादी चिकित्सा सेवा चलाउँदै आएको छ। सो जहाजले अघिपछि गरी ४५ वटा मुलुक र क्षेत्रको भ्रमण गर्दै २ लाख ९० हजारभन्दा बढी मानिसलाई चिकित्सा सेवा प्रदान गरिसकेको छ।

Facebook Comments

सम्बन्धित समाचार