Fri. Apr 19th, 2024

भारतीय अतिक्रमणका विरुद्ध नरेन्द्र मोदीको पुत्ला जलाईयो

दैलेख, २०७७ जेठ २ गते शुक्रबार

नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणको विरुद्ध राष्ट्रिय जनमोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको पुत्ला जलाएको छ ।

बिहीबार सो पार्टीले भारतले हस्तक्षेप गरि अतिक्रमण गरेर लिपुलेक नजिक २२ किलोमिटर सडक निर्माण गरेको बिरोधमा दैलेखको चामुण्ड बिन्द्राशैनी नगरपालीका मुख्यालय अगाडि भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएको हो । नरेन्द्र मोदीको पुत्ला दहन तथा कोणसभा कार्यक्रममा देशको माटो प्राणभन्दा प्यारो छ, भारतीय साम्राज्यवाद नेपाल भुमि छोड जस्ता नाराहरु लगाईएको थियो ।

कोण सभालाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाहीले केपी ओली सरकार देशको सिमारक्षा र जनताको सुरक्षा गर्न असक्षम रहेको बताउनु भयो ।

साथै शाहीले लिपुलेखसम्म भारतले २२/२२ किलोमिटर सडक निर्माण गर्दा पनि मलाई कुनै जानकारी छैन भन्ने प्रधानमन्त्री ओलीको गैर जिम्मेवारपूर्ण अभिब्याक्ति घोर आपत्तिजनक र र निन्दनिय रहेको बताउनु भयो ।

उक्त कोणसभालाई नेकपा मसाल दैलेखका जिल्ला प्रतिनिधि पुर्णबहादुर शाही , राजमो दैलेखका अध्यक्ष अम्बरबहादुर नेपालीले संबोधन गर्नु भएको थियो ।

फोटो: भरत बहादुर शाहीको फेसबुक पेजबाट ।

Facebook Comments