Mon. Jun 24th, 2024

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट (भिडियो समेत)

काठमाण्डू, २०८१ असार १ गते शुक्रबार । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनका राष्ट्रिय कमिटीका उपाध्यक्ष बेटर नेतृत्वको  प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेको छ ।

सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको सो भेटघाटमा नेपाल र चीनबीचका आपसी हितका विभिन्न विषयहरुमा छलफल भएको छ । पोखरास्थित अन्तर्राष्टिय विमानस्थल र भैरहवास्थित लुम्बिनी अन्तर्राष्यि विमानस्थलमा चीनका विभिन्न शहरहरुबाट विमान सञ्चालनका लागि माग बढिरहेको समयमा दुवै देशका उच्च नेताहरुबीच भएको यस भेटलाई महत्वका साथ हेरिएको छ । उपाध्यक्ष बेटरले हिजो शुक्रबार उपराष्ट्रपति राम सहाय प्रसाद यादव र आज उपसभामुख इन्दिरा रानासँँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

Facebook Comments