Fri. Sep 20th, 2024

साझा विकासका लागि साझेदारी गर्न न्युजिल्यान्डलाई चीनको आह्वान   

वेल्लिङ्टन, २०८१ जेठ ३१ गते बिहीबार । चिनियाँ प्रधानमन्त्री ली किआङले बिहीबार चीन र न्युजिल्यान्डलाई साझा विकासका लागि सँधै साझेदारका रूपमा रहन आह्वान गर्नुभएको छ ।

न्युजिल्यान्डका गभर्नर जनरल सिन्डी किरोसँगको भेटमा लीले चीन र न्युजिल्यान्डले समान विकास अवधारणा, सांस्कृतिक मूल्य र अन्तर्राष्ट्रिय प्रस्तावहरू साझा गरेको साथै दुई देशले एक अर्काको विकासबाट वर्षौंदेखि फाइदा उठाएको बताउनुभयो ।

राष्ट्रपति सी चिनपिङबाट किरोलाई हार्दिक बधाई दिँदै लीले दुई देशबीचको जीवन्त मित्रता र ५२ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि द्विपक्षीय सम्बन्धमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्नुभयो ।

चीन-न्युजिल्यान्ड रणनीतिक साझेदारीको १० औँ वार्षिकोत्सवको अवसरमा भएको यो भ्रमण मित्रता र सहयोगको यात्रा भएको लीले बताउनुभयो ।

व्यापक रणनीतिक साझेदारीलाई संयुक्त रूपमा अद्यावधिक गरी दुई देशका जनता र विश्वलाई थप फाइदा पु¥याउन न्युजिल्यान्डसँग काम गर्न चीन तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो ।

न्युजिल्यान्डसँगको सहकार्य सुदृढ पारी शिक्षा र संस्कृतिजस्ता क्षेत्रमा जनताबीच सदाचारीता वृद्धि तथा कर्मचारी आदानप्रदान विस्तार गर्न मैत्रीपूर्ण अन्तरक्रिया सिर्जना गर्न दुवै देशका जनतालाई सहयोग गर्न चीन इच्छुक रहेको उहाँले उल्लेख गर्नुभयो ।  सिन्ह्वा

Facebook Comments