Mon. Sep 23rd, 2024

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जनकपुर,२०८१ जेठ ३० गते बुधबार  । जनता समाजवादी नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आउनुभएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन हुनुभएको हो । आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

राससका अनुसार  निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उहाँ निर्विरोध भएको जानकारी दिनुभयो । बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

Facebook Comments