Fri. Sep 20th, 2024

नेपाली सेयर बजार दिन प्रतिदिन सुस्त, भारतीय सेन्सेक्स एकैदिन २५ सय अंकले बढेर अल टाइम हाई विन्दुमा

सोमबार सेयर बजार सुस्त बनेको छ । नेप्से सूचक ३.९७ विन्दुले घटेर २०७९.०७ अंकमा आएर रोकिएको छ । ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्स समूहमा भने उत्साह देखिएको छ ।

आज ३१६ कम्पनीको ८८ लाख २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स  र ग्रीन भेन्चर्स लिमिटेड परेका छन् ।

यसैबीच नेपाली सेयर बजार निरन्तर घटिरहेको अबस्थामा भारतीय सेयर बजारमा  भने सोमबार उछाल आएको छ । लोक सभा चुनावको नतिजा सार्वजनिक हुनुभन्दा अघिल्लो दिन भारतीय सेयर बजार ऐतिहासिक उचाईमा पुगेको छ । भारतको प्रमुख सेयर बजार सूचक सेन्सेक्स सोमबार एकैदिन ३।३९५ अर्थात २,५०७ अंकले बढेर ७६,४६८ को अल टाइम हाई विन्दुमा बन्द भएको छ ।

चुनावको प्ररम्भिक अनुमानहरुले भारतीय जनता पार्टी भाजपाले बहुमत ल्याउने र नरेन्द्र मोदी तेस्रो कार्यकालका प्रधानमन्त्री बन्ने देखाएपछि सेयर बजार उच्च गतिमा बढेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Facebook Comments