Mon. May 20th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ देश दौडाहाका क्रममा वल्लो शानसी प्रान्तमा

- गरीबी उन्मूलनमा ध्यान केंद्रित

काठमाडौं, २०७७ बैशाक ३० गते मंगलबार

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे ११ तारिखका दिन चीनको वल्लो शानसी प्रान्तको निरीक्षण गर्नुभएको छ। सोहि दिन दिउँसो उहाँले सर्वप्रथम ता थौङ सहरको जैविक पहेंलो फूल रोपण क्षेत्र र सी फिङ बस्तीको फाङ छङ नयाँ गाउँमा गएर गरिबी निवारणको कार्यसम्बन्धी जानकारी लिनुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार वल्लो शानसीको ता थौङ सहरको सी फिङ बस्तीलाई एक किसिमको पहेंलो फूल नामक तरकारीको गृहनगर मानिन्छ। उक्त बस्तीमा लगभग ११२० हेक्टर क्षेत्रफलमा पहेंलो फूल रोपण गरिएको छ। सन् २०१९ मा उक्त फूलको उत्पादित रकम मात्रा ६ करोड ५० लाख चिनियाँ युआन पुग्नुका साथै त्यहाँ काम गर्ने विपन्न किसानको औसत आम्दानी १४ हजार ८ सय चिनियाँ युआन पुगेको थियो।

सी फिङ बस्तीको फाङ छङ नयाँ गाउँ पूर्व दुई वटा गरिब गाउँबाट गठित छ जहाँ २१७ जना स्थायी बासिन्दा छन्। यी मध्ये विपन्न बासिन्दा १५८ जना रहेका छन्। यी विपन्न बासिन्दालाई सन् २०१९ को अन्त्यसम्ममा विपन्नताबाट मुक्त गरिएको छ। सन् २०१९ मा उक्त गाउँको औसत खर्च योग्य आम्दानी ७ हजार ६ सय ६८ चिनियाँ युआन पुगेको छ।

Facebook Comments