Mon. May 20th, 2024

मातृ दिवस कोे अवसरमा चिनिया राष्ट्राध्यक्ष सि चिन फिङ्गद्धारा आमाको सम्झना

काठमाडौं, २०७७ बैशाक २९ गते सोमबार

चिनिया जनता प्रत्येक वर्षको मे दश तारिखका दिन आमा दिवस मनाउने गर्दछन् ।

मातृ दिवस कोे अवसरमा चिनिया राष्ट्राध्यक्ष सि चिन फिङ्गद्धारा आमाको सम्झना चिनिया मिडिया चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीवी) ले चिनिया राष्ट्राध्यक्षको बाल्यकालको स्मरणशक्ति र उहाँको आमाले उहाँलाई दिएको ज्ञानले जीवनमा सीलाई कसरी फाइदा र्पुयाएको छ भन्ने कुराको बयान गर्दै एउटा कथा प्रकाशित गरेको छ ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार सो कथामा चिनियाँ राष्ट्राध्यक्ष सि जिनफिङ्गले परिवार भनेको पहिलो कक्षाकोठा र आमा बुबा बच्चाहरूको पहिलो शिक्षक रहेको उल्लेख गर्नुृ भएको छ । त्यस्तै उहाँको आमा, क्वि जिनले सिलाई बताउनुु भएको शब्दहरू आज सम्म आफु सामु अडिग रहेको पनि उल्लेख गरिएको छ । अभिभावक र सीनियरहरूले आफ्ना बच्चाहरूमा राम्रो नैतिकतामा ध्यान दिनुपर्ने र उनीहरू सानो हुदानै उनीहरूलाई नैतिक निष्ठा र सद्भावनाको भावना निर्माण गर्न मद्दत गर्ने उहाँको भनाई छ । जसले गर्दा तिनीहरू देश र सर्वसाधारणको लागि योगदान र्पुयाउन सक्ने व्यक्तित्वमा बढ्ने सिको दाबी छ ।

उहाँकी आमा क्युको जन्म १९२६ मा भएको थियो र उहाँले १७ बर्षको उमेरमा १९४३ मा चीनको कम्युनिष्ट पार्टी (सीपीसी) मा सामेल भई पार्टीको मूल्यमान्यता र विश्वासका कट्टर समर्थक बन्नुभएको थियो ।

जव राष्ट्राध्यक्ष सि ५ बर्षको हुुनुहुन्थयो उहाँकी आमाले उहाँलाई पूर्ण निष्ठाका साथ देशको सेवा गर्न सिकाउन भएको कथामा उल्लेख गरिएको छ । आमा क्यूईले उहाँलाई एक चिनिया जनरल यू फेईको बारेमा एउटा स्टोरीबुक किनिदिनु भएको र सो कथामा यू फीकी आमाले चारवटा चिनियाँ पात्रहरूको टैटू खोपेकी थिइन र सिले आमा संग प्रश्न गर्नुुभयो त्यो एकदमै पिडा थियो नि? तव उहाँकी आमाले भन्नुभयो-” यो पिडादायी भएपनि आफनै भित्री आत्मालेनै गरेको हो” । त्यो शब्दलेनैै आफु लाई वफादारीको साथ देशको सेवा गर्न उत्प्रेरित गरेको सिजिटिएनले प्रकाशित गरेको सिको कथामा उल्लेख गरिएको छ ।

उनकी आमा क्यूइको सरल जीवन नै आफ्नो परिवारको लागी परम्परा बनेको र आफ्नि आमाले परिवारको हेरचाह गर्न कष्टकर भएपनि उहाँले कहिल्यै आफ्नो काममा सम्झौता गर्नु भएन र उहाको जीवनशैली र पारिवारिक वातावरणले सीको मूल्यमान्यताहरू निर्देशित गरेको उहाँले स्मरण गर्नुभएको छ । क्यूईले शीलाई आत्म अनुशासनको सम्झना गराउँदै एकपटक पत्र लेख्नु भएको थियो जसमा जो व्यक्ति इमान्दार र आत्म अनुशासित हुन असफल हुन्छ त्यो ब्यक्ति हिम्मत बिहिन बन्नेछ ।

इमान्दारीनै एक इनाम हो र लोभ भनेको श्राप हो भन्ने उल्लेख गरिएको थियो । जुन विश्वासहरूलाई आफ्नो विचारधारा र शासन अभ्यासमा आफुले प्रयोगमा ल्याएको बताइएको छ । सीले आफ्नो परिवारको एकदमै ख्याल राख्नुहुन्छ तर एक नेता को रूप मा उहाँले छुट्टिहरु मा मात्रै आफ्नो परिवार भेट्ने गर्नु हुन्छ ।

२००१ को वसन्त महोत्सवको क्रममा क्यूईले सिलाई भनिनकी “जब तिमिले उत्कृष्ट कामहरु दिनेछौ त्यो नै तिम्रो बाबु र म प्रतिको सम्मान हुनेछ ।” यस्ता उनको समर्थनका शब्दहरूले सीलाई चिनिया परिवारका लागि राम्रो जीवन प्राप्त गर्ने लक्ष्यका साथ आम जनताको सेवा गर्न प्रेरित गरेको कथामा उल्लेख छ सी आफुले मानिसहरूलाई आफ्ना आमाबाबुलाई जस्तै माया गर्ने बारम्बार बताउदै आउनुभएको छ ।

Facebook Comments