Tue. Sep 17th, 2024

बजेट वक्तव्यपछि शेयर बजार घटेकाे घट्यै

काठमाण्डू,२०८१ जेठ १७ गते बिहीबार । बजेट वक्तव्यपछि घट्न थालेको शेयर बजार साताको अन्तिम कारोबार दिन आज पनि घटेरै बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १९.८९ अंक घटेर २०६९.५३ विन्दुमा झरेको छ  ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज चार वटा स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, आज युनिलिभर नेपालको शेयरमूल्य साढे ९ प्रतिशतले वृद्धि भएको छ । पोखरा फाइनान्सको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने जानकी फाइनान्सको कारोबार रकम साढे १३ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये आज तीनवटा उपसमूहको परिसूचक बढेको छ भने १९ वटा उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.२३ प्रतिशत बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Facebook Comments