Fri. Sep 20th, 2024

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

काठमाण्डू,२०८१ जेठ १६ गते बुधबार । उपप्रधानम एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा उक्त रिटमा सुनुवाइ तोकिएको थियो । तर रिट निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगित गर्न निवेदन दिनुभएकाले आज सुनुवाइ स्थगित भएको हो । अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।

अधिवक्ता भट्टराईद्वारा दायर रिटमा गृहमन्त्रीले अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीतसमेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्था उहाँलाई पदबाट निलम्बन गर्न माग गरिएको हो । रासस

Facebook Comments