Mon. Sep 23rd, 2024

अर्थमन्त्री पुनद्वारा १९ खर्बको बजेट प्रस्तुत (LIVE)

अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न बजेट पुस्तकसहितको व्रिफकेश लिएर संघीय संसद हल प्रवेश गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

भिओके समाचार/काठमाण्डू, २०८१ जेठ १५ गते मंगलबार । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा)  मा आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्नुभएको छ ।

अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न बजेट पुस्तकसहितको व्रिफकेश लिएर संघीय संसद हल प्रवेश गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

सदनमा बजेट प्रस्तुत गर्नुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको थियो । सरकारले आगामी आर्थिक वर्षको लागि वितरणमुखी कार्यक्रमसहित १९ खर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । सहकारी प्रकरणमा संसदीय छानबिन बनाउनेबारे सत्ता र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएसँगै कांग्रेसले सदन अवरोध नगर्ने भएपछि अर्थमन्त्रीलाई बजेट पेस गर्न सहज बनेकाे थियो ।

Facebook Comments