Fri. Sep 20th, 2024

कृष्णसेन ‘इच्छुक’स्मृति दिवसमा विभिन्न कार्यक्रमहरुको आयोजना

काठमाण्डू,२०८१ जेठ १३ गते आईतबार । पत्रकार तथा शहीद कृष्णसेन ईच्छुकको २३ औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवसको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्र, प्रदेश र जिल्ला शाखाले प्रभातफेरी, अन्तरक्रिया, पत्रकार सम्मानलगायतकाकार्यक्रम गरी जनपक्षीय पत्रकार, प्रगतिशील साहित्यकार तथा शहीद ईच्छुकको स्मृतिदिवस मनाएको हो ।

जनादेश साप्ताहिकका तत्कालिन सम्पादक ईच्छुकलाई २०५९ साल जेठ ७ गते काठमाडौंबाट पक्राउ गरिएको थियो। गिरफ्तारी पश्चात् महेन्द्र पुलिस क्लबमा हिरासतमा चरम यातना दिँदा २०५९ जेठ १३ गते उहाँको मृत्यु भएको थियो।
स्मृति दिवसमा सहभागी हुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्र  क्रियाका बाँकी काम चाँडो टुङ्ग्याउन सरकार गम्भीर रहेको बताउनु भएको छ । मन्त्री शर्माले शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने तर्क पनि गर्नुभयो । शान्तिप्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुङ्गोमा नपुग्नु दुःखको कुरा भएको बताउनुहुँदै मन्त्री शर्माले यसलाई शीघ्र टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता अग्नी प्रसाद सापकोटा र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले शहीद कृष्ण सेन र उहाँ जस्ता हजारौं शहीद तथा वेपत्ताहरुको वलिदानको जगमा जनताले मुक्ति प्राप्त गरेको बताउनुहुँदै शहीद र वेपत्ताहरुको उचित सम्मानमा राज्यले ध्यान दिनुपर्ने बताउनु भयो ।

 

Facebook Comments