Fri. Sep 20th, 2024

राससकर्मी कार्कीलाई खेलकुद पत्रकारिता पुरस्कार   

किमाथाङ्का, (सङ्खुवासभा), २०८१ जेठ १३ गते आईतबार । राष्ट्रिय समाचार समिति (रासस) सङ्खुवासभा समाचारदाता भविन कार्कीले ‘सङ्खुवासभा खेलकुद पत्रकारिता पुरस्कार’ प्राप्त गर्नुभएको छ । जिल्ला फुटबल सङ्घले उहाँलाई रु २० हजार राशिको उक्त पुरस्कार शनिबार प्रदान गरेको हो ।

पुरस्कार प्रदान गर्न आयोजित सङ्क्षिप्त कार्यक्रममा जिल्ला फुटबल सङ्घका अध्यक्ष भरतकुमार घिमिरेले खेलकुद क्षेत्रको विकास तथा जिल्लाका खेलगतिविधिलाई जनसमक्ष पुर्याएबापत राससकर्मी कार्कीलाई पुरस्कृत गरिएको बताउनुभयो । उहाँले पत्रकार कार्कीलाई नगद पुरस्कारसहित कदरपत्र पनि प्रदान गर्नुभयो । राससकर्मी कार्की एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । रासस

Facebook Comments