Thu. Apr 25th, 2024

बुद्ध एक कविता

काठमाडौं, २०७७ बैशाक २५ गते बिहीबार

-फणीन्द्र नेपाल

सिद्धार्थ गौतमले रोगी देखे, उनी बुद्ध भए

उनले जलाउन लगिरहेको लास देखे, बुद्ध भए

उनले रोग, शोक र अशान्ति देखे, बुद्ध भए

उनले बोली र हतियारको हिंसा देखे, बुद्ध भए

तर हामीले कति लास देख्यौँ, कति रोगी भेट्यौँ , कति अशान्ति मच्चायौँ ,

कति अशान्ति भोग्यौँ

कति अरूबाट रोयौँ , कति अरूलाई रुवायौँ

कति हिंसा र पाप गर्यौँ कति पाप र हिंसा देख्यौँ

तर अलिकति पनि बुद्ध हुन सकेनौँ

उनी त ठूला बुद्ध भगवान् भए

हामी त सानो बुद्ध पनि हुन सकेनौँ ।

बुद्धले भने अहिंसा हामीले हिंसा सुन्यौँ

गिद्धले त सिनोमात्र खान्छ हामीले जिउँदोलाई लुछ्यौँ

बुद्ध बन्ने के कुरा

हामी गिद्ध पनि हुन सकेनौँ

हामी फगत् क्रुद्ध भयौँ

कहिल्यै बुद्ध हुन सकेनौँ ।

– फणीन्द्र नेपाल ग्रेटर नेपालका अविराम अभियन्ता हुनुहुन्छ । 

Facebook Comments