Wed. Oct 2nd, 2024

नेपाल एटीएफ यु-१२ टेनिस टिम प्रतियोगिता : नेपाल पराजित   

काठमाण्डू,२०८१ जेठ ८ गते मंगलबार । नेपाल एटीएफ यु-१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा आज पराजित भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको खेलमा नेपाल छात्रमा पाकिस्तान र छात्रामा भारतसँग पराजित भएको हो । प्रतियोगिताको पहिलो दिन नेपालको छात्रमा टिम श्रीलङ्कासँग ३-० तथा छात्रामा टिम बङ्गलादेशसँग २-० ले पछि परेको थियो ।

नेपाल टेनिस सङ्घको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको छात्रामा पाकिस्तानले नेपाललाई ३-० ले पराजित गरयो । सिङ्गल्समा रसिद अलीले नेपालका विश्वविशेष डल्लाकोटीलाई ६-३ र ६-० तथा मुहम्मद सायनले नेपालका निश्चल ज्ञवालीलाई ६-१ र ६-१ को सोझो सेटमा पराजित गरे ।

डबल्समा सायन र जुनैद खान मुहम्मदको जोडीले नेपालका विश्व र साहनवाज आलमको जोडीलाई सीधा सेटमा ६-१ र ६-० ले पाखा लगाए । छात्रामै भारतले माल्दिभ्स तथा श्रीलङ्काले भुटानलाई समान ३-० को नतिजामा पन्छाए ।

दोहोरो जित निकाल्ने क्रममा छात्रामा भारतले नेपालमाथि ३-० को जित दर्ता गरयो । सिङ्गल्समा श्रृष्टि किरणले नेपालकी आयुशा जिसीलाई ६-० र ६-० तथा खुसी कडियनले नेपालकी अनुश्री धोजुलाई ६-२ र ६-० को सोझो सेटमा पन्छाए ।

डबल्समा सरेना घलोट र श्रृष्टि किरणको जोडीले नेपालका अनुश्री धोजु र सारा पन्तको जोडीलाई ६-१ र ६-० ले पराजित गरे । अर्को खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३-० ले निराश पार्यो ।  रासस

Facebook Comments