Sat. Apr 25th, 2026

साझा सहमति गरेर अहिलेका मुद्दाको समाधान गर्नुपर्छ : मन्त्री भण्डारी   

       

सुदूरपश्चिम, २०८१ जेठ ४ गते शुक्रबार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिलेका देशका मुद्दालाई साझा सहमति गरेर समाधान गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै जनताका मुद्दाले संसद्मा प्राथमिकता पाउनुपर्नेमा प्रतिपक्षी दलको प्रस्तुति अशोभनीय भएको आरोप लगाउनुभयो ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अत्यन्त सम्भावना र आशा बोकेको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेतासमेत रहनुभएका मन्त्री भण्डारीले नीति तथा कार्यक्रमअनुसार सरकारले बजेटको तयारी गरिरहेको बताउनुभयो ।

सहकारीका प्रसङ्गमा उहाँले भन्नुभयो, “सहकारी पीडितलाई न्याय दिने कानुनको अभाव छ, पहिला कानुन बनाउनुपर्ने छ, कानुन बनाइसकेपछि दोषीलाई कानुनी कारबाही गर्न सकिन्छ ।” अर्को प्रसङ्गमा मन्त्री भण्डारीले ऐनको अभावमा बजेट खर्च हुन नसक्ने समस्या लामो समयदेखि रहेको बताउनुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार