Fri. Sep 20th, 2024

१५ हजार जीन अनुक्रमबाट कोभिड-१९ भाइरस कृतिम नभएको पुष्टि

काठमाडौं, २०७७ बैशाक २३ गते मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशी मन्त्री माइक पोम्पेओको कोभिड-१९ भाइरस वुहानको प्रयोगशालाबाट आएको भन्ने भनाईप्रति विश्व स्वास्थ्य संगठनले मे ४ तारिख खण्डन गरेको छ। चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार कोभिड १९ महामारी सम्बन्धी पत्रकार सम्मेलनमा संगठनले खण्डन गरेको हो। विश्व स्वास्थ्य संगठन अन्तर्गत तत्काल मामिलाको प्रविधि विभागका निर्देशक मरिया भान कहोफले कोभिड १९ भाइरस(कोरोना भाइरस)सामान्यरूपमा ब्याटबीचमा फैलिएको भन्नुका साथै हालसम्म भाइरसको लगभग १५ हजार पूर्ण जीन अनुक्रमप्रतिको अध्ययनबाट कृतिम नभएको पत्ता लागेको बनाउनुभयो।

कोभिड १९ भाइरस जनावरबाट मानिसान संक्रमण भएको विषयमा विश्व स्वास्थ्य संगठन तथा विश्व जनावर स्वास्थ्य संगठनले चीनका सम्बन्धित विभागहरूसँग सहकार्य गरी सो भाइरस रहने जनावर पत्ता लगाएका छन्।

विश्व स्वास्थ्य संगठन अन्तर्गत तत्काल मामिलाको निर्देशक माइकल रिनले कोभिड-१९ भाइरसको जीन अनुक्रम सम्बन्धी अध्ययनको प्रमाण तथा विश्व स्वास्थ्य संगठनले प्राप्त गरेका सबै वैज्ञानिक सुझावहरूबाट हेर्दा भाइरस प्राकृतिक भएको कुरामा जोड दिनुभयो।

Facebook Comments