Fri. Sep 20th, 2024

भारतमा कोरोना संक्रमितको संख्या ४३ हजार नजिक

काठमाडौं, २०७७ बैशाक २२ गते सोमबार

भारतमा नियमित जसो कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्यामा वृद्धि भैरहेको छ । सोमबार बेलुकीको तथ्यांकअनुसार सो भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ८ सय ३६ जना पुगेको छ ।

त्यसैगरी भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । अहिलेसम्म १ हजार ३ सय ९५ जनाको यस संक्रमणबाट ज्यान गएको वल्ड मिटरले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार वितेको २४ घन्टामा २ हजार ५०० भन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ ।

संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७ सय ८२ जना रहेको बताइएको छ । कोभिड-१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् ।

Facebook Comments