Tue. May 21st, 2024

बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान   

मकवानपुर, २०८१ वैशाख २८ गते शुक्रबार । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार उहाँले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम आज प्रदेशसभाको बैठक आह्वान गर्नुभएको हो ।

प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो । रासस

Facebook Comments