Sat. May 18th, 2024

आजका मनैछुने तस्विरहरु फोटो फिचर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट देखिएको दृष्य । तस्बिर : सन्तोष गौतम/ रासस

काठमाण्डू, २०८१ वैशाख २२ गते शनिबार । 

बैतडी जिल्लाको पाटन नगरपालिकामा पाकेर पहुँलेपुर भएको गहुँबाली । तस्बिर : रत्न श्रेष्ठ / रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट देखिएको दृष्य । तस्बिर : सन्तोष गौतम/ रासस
बैतडी जिल्लाको पाटन नगरपालिकामा पाकेर पहुँलेपुर भएको गहुँबाली । तस्बिर : रत्न श्रेष्ठ / रासस
बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका स्थानीय ठेकी निर्माण गर्दै । दही, मही र दुध राख्नका लागि प्रयोग गरिने काठका ठेकी पछिल्लो समय बिक्री हुन छोडेपछि व्यवसायनै संकटमा पर्दै गएको छ । तस्बिर :  डम्मर बुढामगर/रासस
रुकुम पश्चिम सानीभेरी गाउँपालिका- २ स्थित गिठाकोटका स्थानीयले भेरी नदीमा बनाएको पानी घट्ट । चैत-वैशाखमा पहाडबाट आउने पानीको मुहान सुक्नेहुँदा यो सिजनमा यहाँका स्थानीयले अनाज पिस्न भेरीनदीको पानीबाट सामुहिक घट्ट बनाउने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने / रासस
धरान उपमहानगरपालिका वडा नं १३ र २० को बीचमा रहेको एस डिबि पार्कमा घुम्न आउने पर्यटकको भिड । तस्बिर : संगीता राई / रासस
सर्लाहीको बलरा नगरपालिका–८, गडहिया डुमरियामा रहेको श्री जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई ५१ किलोको फूल मालाले सम्मान गरिँदै । तस्बिर : सिंगबहादुर थापा, रासस
Facebook Comments