Fri. May 17th, 2024

पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त   

काठमाण्डू, २०८१ वैशाख १८ गते मंगलबार । सरकारले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ती विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिमको उपकुलपतिमा प्रा. डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चलको उपकुलपति पदमा प्रा. डा. विजुकुमार थपलियालाई नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले आज यहाँ जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा प्राज्ञिक प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्ने घोषणा गर्नुभएको थियो । प्रा. डा. गौतम र प्रा. डा. थपलियालाई पनि प्रतिस्पर्धामार्फत छनोट गरी उपकुलपति नियुक्त गरिएको जनाइएको छ । रासस

Facebook Comments