Fri. May 17th, 2024

नेप्से सूचक २५.९३ विन्दुले बढियो

काठमाण्डू,२०८१ वैशाख १८ गते मंगलबार । मंगलबार  नेप्से सूचक २ हजारको मनोवैज्ञानिक विन्दुमाथि  गएर टिक्न सफल भएको छ । यस दिन नेप्से सूचक २५.९३ विन्दुले बढेर २००६.२८ अंकमा आइपुगेको छ ।

४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ । यस दिन फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।

राससका अनुसार  ३२० कम्पनीको १ करोड १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड २४ लाख रुपैयाँसहित कारोबार रकममा साइन रेसुंगा डेभलपमेन्ट बैंक अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र गोर्खाज फाइनान्स परेका छन् ।

Facebook Comments