Tue. May 21st, 2024

कोभिड-१९को जरा पत्ता लगाउने मामिलामा राजनीतिकरण गर्नु अनुचित भएको चिनिया परराष्ट्र मन्त्रालयको भनाई

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङ

पैचिंग, २०७७ बैशाक १५ गते सोमबार

कोभिड-१९को जरा पत्ता लगाउने मामिलालाई राजनीतिकरण गर्नु भनेको वैज्ञानिक अनुसन्धान उल्लंघन र महामारीको विरूद्ध अन्तर्राष्ट्रिय सहकार्यका लागि पनि सहयोगी छैन।

चिनिया परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले २७ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, महामारी फैलिएपछि चीनले सँधै सार्वजनिक, स्पष्ट र जिम्मेवारीबोध गरेर प्रथम प्रहरमै अवस्थाबारे जानकारी दिएको छ भने भाइरसको जीन अनुक्रम बाँडेर समयमै अन्तर्राष्ट्रिय सहकार्य गरेको छ। अन्तर्राष्ट्रिय महामारीको विरूद्ध चीनले महत्वपूर्ण योगदान दिनुका साथै अनुभव पनि संकलन गरेको छ। अन्तर्राष्ट्रिय जगतले यसको उच्च मूल्यांकन गरेको छ।

वर्तमानमा कोभिड-१९ महामारी विश्वभर फैलिरहेको छ। विभिन्न देशहरूले महामारीको रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारमाथि ध्यान दिनुपर्छ। जरो पत्ता लगाउने मामिलालाई राजनीतिकरण गर्ने गतिविधिले अन्तर्राष्ट्रिय सहकार्यमाथि हस्तक्षेप गर्नुका साथै देशदेश बीचको आपसी विश्वासका लागि पनि सहयोगी हुनेछैन। सीआआई नेपाली सेवाबाट

Facebook Comments