Sat. May 4th, 2024

नेप्सेमा सोमबार १५ अंकमाथिको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

काठमाण्डू,२०८१ वैशाख १० गते सोमबार । सेयर बजार परिसूचक नेप्सेमा सोमबार १५ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन १२ अंकमाथिले बढ्दै १९८४ अंकमा उक्लिएको सूचक पुनः दोस्रो दिन १५.४१ अंकले घट्दै १९६९.०२ अंकमा झर्न पुगेको छ ।

सोमबार सबैभन्दा बढी पिपुल्स पावर लिमिटेडका सेयर धनीहरूले ६.९१ प्रतिशतले कमाएका छन् भने डोटी पावर कम्पनी लिमिटेडका सेयर धनीहरूले ७.३७ प्रतिशतले गुमाएका छन् । रासस

Facebook Comments