Tue. Apr 30th, 2024

नरग्राम माध्यामिक विद्यालयले पायाे भारतीय सहयोगकाे माइक्रोबस

महेश भट्टराई /विराटनगर , २०८१ वैशाख ४ गते मंगलबार । मोरङको बुढीगंगा गाउँपालिकाका- २ मा रहेको नरग्राम माध्यामिक विद्यालयले भारत सरकारको अनुदान सहयोगमा एउटा १८ सिट क्षमताको माइक्रो बस पाएकाे छ ।

कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको पहलमा साे सहयोग प्राप्त गरेको हाे । प्रदेशसभा सदस्य आचार्यलाई स्कुल बस आवश्यक परेको भन्दै पहल गरिदिन आग्रह गरेपछि उनकै पहलबाट बस प्राप्त गर्न सफल भएकाे विद्यालय समितिले जनाएको छ ।

त्यस्तै गरी बुढीगंगा गाउँपालिका वडा नम्बर- ५ मा रहेको कर्मवीर माध्यामिक विद्यालयले समेत १८ सिट क्षमताको माइक्रो बस प्राप्त गरेको छ । याे विद्यालयमा एउटा पनि स्कुल बस थिएन बस नहुँदा टाढाका विद्यार्थी ल्याउन असहज हुँदै आएको थियो । भारतीय राजदूतावासले हरेक वर्ष नेपालका संघ संस्थाहरूलाई बस ,एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ ।

Facebook Comments