Tue. May 21st, 2024

कोरोना संक्रमणबाट १ लाख ९३ हजार जनाको मृत्यु, अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं, २०७७ बैशाक १२ गते शुक्रबार

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट ऐलेसम्म विश्वभर १ लाख ९३ हजार १ सय ४५ जनाको मृत्य भैसकेको छ । त्यसैगरी संक्रमितहरुको संख्या २७ लाख ५९ हजार ८ सय ९२ पुगेको छ ।

विश्वको सबैभन्दा शक्तिशाली कहलिएको देश अमेरिका कोरोना भाइरसको संक्रमणबाट थिलथिलो भएको छ । World Meter का अनुसार अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्युहुनेहरुको संख्या ५० हजार ३ सय ६९ पुगेको छ भने ८ लाख ८८ हजार ८ सय ८१ जनामा संक्रमण भएको छ । यी दुवै संख्या विश्वका अन्य देशहरुको भन्दा धेरै हो । त्यसैगरी युरोप महादेशमा पनि मृतकको संख्या डरलाग्दो छ । हालसम्म त्यहाँ १ लाख १४ हजार ४०० जनाले ज्यान गुमाई सकेकाछन् ।

कोरोना संक्रमणबाट १ लाख ९३ हजार जनाको मृत्यु, अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट ऐलेसम्म विश्वभर १ लाख ९३ हजार १ सय ४५ जनाको मृत्य भैसकेको छ । त्यसैगरी संक्रमितहरुको संख्या २७ लाख ५९ हजार ८ सय ९२ पुगेको छ ।

विश्वको सबैभन्दा शक्तिशाली कहलिएको देश अमेरिका कोरोना भाइरसको संक्रमणबाट थिलथिलो भएको छ । मिटरका अनुसार अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्युहुनेहरुको संख्या ५० हजार ३ सय ६९ पुगेको छ भने ८ लाख ८८ हजार ८ सय ८१ जनामा संक्रमण भएको छ । यी दुवै संख्या विश्वका अन्य देशहरुको भन्दा धेरै हो । त्यसैगरी युरोप महादेशमा पनि मृतकको संख्या डरलाग्दो छ । हालसम्म त्यहाँ १ लाख १४ हजार ४०० जनाले ज्यान गुमाई सकेकाछन् ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ५ सय ४९ जना, स्पेनमा २२ हजार ५ सय २४ जना, फ्रान्समा २१ हजार ८ सय ५६, बेलायतमा १९ हजार ५ सय ६जना, बेल्जियममा ६ हजार ६ सय ७९ जना, जर्मनीमा ५ हजार ५ सय ७७ जना, नेदरल्यान्ड्समा ४ हजार २ सय ८९ जना, स्वीडेनमा २ हजार १ सय ५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५ सय ५१ जना, रसियामा ६ सय १५ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ५ सय ७४ जना, चीनमा ४ हजार ६ सय ३२ जना, ब्राजिलमा ३ हजार ३ सय ६५ जना, भारतमा ७ सय २२, इन्डोनेसियामा ६ सय ८९ जनाको मृत्यु भएको छ ।

Facebook Comments