Thu. May 2nd, 2024

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा   

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आममाफी दिनुभएको छ ।

कोलम्बो, २०८१ वैशाख १ गते शनिबार । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आममाफी दिनुभएको छ ।

यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलङ्कामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो भने नयाँ बर्षको उपलक्ष्यमा ७७९ कैदीबन्दीलाई आममाफी दिइएको हो ।

कारागारका एक अधिकारीले एएफपीलाई बताएअनुसार हालसालै भएको हिंसात्मक गतिविधिका कारण श्रीलङ्काकोे कारागारमा भीडभाड रहेकोमा सयौँको सजाय माफी भएपछि कारगारभित्रको भीड कम भएको छ ।

शुक्रबारसम्म करिब ११ हजार कैदीबन्दी राख्न सक्ने गरी डिजाइन गरिएको श्रीलङ्काका कारागारमा करिब ३० हजार कैदीबन्दी रहेका थिए ।

श्रीलङ्काले नयाँ वर्षको अवसरमा लामो बिदा घोषणा गर्नुका साथै मङ्गलबारसम्म मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । एएफपी

Facebook Comments