Wed. May 15th, 2024

तान्जानियामा एक हप्तामा बाढीले १५ को मृत्यु   

तान्जानियाका विभिन्न भागमा पछिल्लो सात दिनदेखि जारी भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १२ बालबालिका सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।    

डोडोमा (तान्जानिया), २०८० चैत २७ गते मंगलबार । तान्जानियाका विभिन्न भागमा पछिल्लो सात दिनदेखि जारी भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १२ बालबालिका सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्ह्वाका अनुसार  तान्जानिया प्रहरी बलका प्रवक्ता डेभिड मिसिमेले प्रभावित क्षेत्रका अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई वर्षा र बाढीको जोखिमबाट जोगाउन आग्रह गर्दै वर्षाले विनाशकारी परिणामहरू निम्त्याउन सक्ने कुरामा सचेत गराउनुभएको छ ।
धार्मिक नेता, शिक्षक तथा सरोकार वाला व्यक्तिहरूलाई वर्षाको समयमा आकस्मिक बाढी प्रभावित क्षेत्रमा बालबालिकाहरूलाई खेल्नबाट जोगाउनसमेत आग्रह गर्नुभएको छ ।

Facebook Comments