Sun. May 5th, 2024

चीनमा बर्षाका कारण सात जनाको मृत्यु     

नाङचाङ, चीन, २०८० चैत २१ गते बुधबार । आइतवारदेखि पूर्वी चीनको च्याङ्सी प्रान्तलाई असर गरिरहेको असिना र मुसलधारे पानी बर्षा हुँदा मृत्यु हुनेहरूकोे सङ्ख्या सात पुगेको स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् ।    
    
च्याङ्सी प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयको तथ्याङ्क अनुसार बुधबार सम्म प्रान्तीय राजधानी नानचाङसहित नौ शहरका ५४ काउन्टीहरू खराब मौसमबाट प्रभावित भएका थिए । वर्षाका कारण ९३ हजार मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन् ।    
    
खराब मौसमका कारण पाँच हजार ७०० हेक्टर क्षेत्रमा लगाएको बाली र १२ हजार घरमा आंशिक क्षति भएको छ । वर्षाले अन्य ८० हजार घरहरूमा सामान्य क्षति पु-याएको छ । प्रकोपले गर्दा निम्त्याएको आर्थिक नोक्सानको प्रारम्भीक अनुमान १५ करोड युआन पुगेको छ ।    
    
प्रान्तीय मुख्यालयले मङ्गलबारदेखि तीन चरणमा बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया सुरु गरी असहज मौसमको कारण नदीको बाढीको जोखिमबाट सचेत रहन प्रेरित गरेको छ ।   

प्रान्तीय मौसम विभागले गम्भीर मौसम जारी रहँदा नागरिकलाई घरबाहिर नजान र भारी वर्षाको अवस्थामा प्रभावित क्षेत्रहरूबाट अन्यत्र जाँदा खोला नदीहरूमा सावधानी अपनाउन वा यात्रा नगर्न निर्देशन दिएको छ ।  सिन्ह्वा      
      
  

Facebook Comments